हुम्ला, १५ पुष (जागरण) । हुम्लाको लिमी क्षेत्रलाई पर्यटकीय गाउँका रुपमा विकास गरिने भएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा सांस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तय गरेको पर्यटन प्रर्वद्धन कार्यक्रम अनुसार लिमीलाई पर्यटकीय गाउँको रुपमा छनौट गरिएको हो ।
हुम्लाको प्राकृतिक, साँस्कृतिक तथा जैविक क्षेत्रका रुपमा परिचित यस क्षेत्रलाई सबैको सहमतिले पर्यटन गाउँका रुपमा छनौट गरिएको जनाइएको छ ।
कर्णाली प्रदेशका दश जिल्लाबाट गएको जानकारीलाई विश्लेषण गरेर एक नमुना पर्यटकीय गाउँ छनौट परेको हो । यसबाट ग्रामीण पर्यटनको आधार बन्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।
कर्णाली प्रदेशबाट लिमीलाई पर्यटकीय गाउँका रुपमा छनौट भएपछि सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नमुनाका रुपमा विकास र विस्तार हुन सक्ने स्थानीयले आशा गरेका छन ।