कर्णालीका कुन स्थानीय तहका लागि कति बजेट ? (अडियोसहित)

सुर्खेत, १७ जेठ (जागरण) । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गर्नुभएको बजेटमा स्थानीय तहको लागि पनि बजेट छुट्याइएको हो ।
जसअन्तर्गत सरकारले कर्णाली प्रदेशका लागि १६ अर्ब ६९ करोड ३५ लाख रूपैयाँ विनियोजन गरिएको छ । कर्णालीका दश वटै जिल्लाका ७९ वटा स्थानीय तहका लागि विनियोजन गरिएको बजेटको विवरण । सुन्नुस् अडियो सहकर्मी ललित बुढा र प्रभा रावतबाट ।