शंकर केसी ।
सल्यान, १५ पुष (रेडियो कपुरकोट) । सल्यानका सरोकारवालाहरुले वन क्षेत्रको सदुपयोग गरी रोजगारी अवसरहरु सृजना गर्न सकिनेमा जोड दिएका छन ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउन्डेशन नेपालको संयुक्त आयोजनामा आज सल्यानको कपुरकोटमा भएको छलफलमा सहभागी भएका सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन ।
कोभिड–१९ को कारण धेरैले रोजगारी गुमाउनुपरेको भन्दै सामुदायिक वनका कृषि, वन, पशुपालन, वन्यजन्तु पालन, जडिबुटी, जस्ता वन उद्यमसम्बन्धी क्रियाकलापहरु संचालन गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रमम बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सामुदायीक वनबाट रोजगारी श्रृजना गर्ने सन्दर्भमा आफुहरु लागेको बताउनुभएको छ ।