सुर्खेतका बाढी प्रभावितहरु ६ बर्षदेखि पालमुनी, एकातिर चिसो अर्कोतिर छाक टार्न धौधौ (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, १५ पुष (जागरण) । २०७१ साउनमा गएको बाढीबाट सुर्खेतमा एक हजार ५५ बराबर परिवार विस्थापित भएका थिए । बाढीमा परी २४ जनाको मृत्यु भएको थियो भने ९१ वेपत्ता भएका थिए । वेपत्ता भएकालाई पनि सरकारले मृत घोषणा गरेको थियो । प्रदेशको राजधानीको मुटुमा रहेको वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा मात्र बाढीपीडितका १५ घर छन् । लामो समय भईसक्दा पनि उनिहरु पालमुनी बस्न बाध्य छन । तिनै तहका सरकारहरुले बाढीपीडितको समस्या समाधान गर्न घोषणा गरेपनि घोषणामै कार्यान्वयन भने हुन छैन् । सुन्नुहोस अडियो ।