यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कक्षा संचालन

सुर्खेत, १५ पुष (जागरण) । सुर्खेत भेरीगंगा नागरपालिकाले वडा नम्बर ६ र ९ मा गर्भवती र युवतीहरुको लागी छलफल कक्षा संचालन गरेको छ ।
बिगत २ वर्षदेखि समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रनको साझेदारीमा संचालन भएको नेपाली युवाका लागि स्वस्थ रुपान्तर परियोजना अन्तरगत नगरपालिकाले छलफल कक्षा संचालन गरेको हो ।
३ वटा समुह गठन गरी छलफल कक्षा संचलान गरिएको नगरपालिकाले जनाएको छ । तत्काल वडा नम्बर ९ मा एउटा समुह गठन गरि कक्षा संचालन गरिएको छ भने एटा समुह गठन गर्ने पक्रियामा रहेको जनाइएको छ ।
यस्तै, वडा नम्बर ६ मा पनि एउटा समुह गठन गरि छलफल कक्षा संचालन भई रहेको जनाइएको छ ।
छलफलमा सहजीकरण गर्ने सहजकर्तालाई तालिम र सहभगीहरुलाई स्टेशनरीका साथै पाठ्य सामग्रीे नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना मार्फत उपलब्ध गराइने परियोजनाका खगेन्द्र शर्माले जानकारी दिनुभयो ।
किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यका बारेमा चेतना अभिबृद्धि गर्नको लागि उक्त छलफल कक्षा संचालन गर्न लागिएको भेरीगंगा नगरपालिका प्रमुख भुपेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
उक्त परियोजना अन्तरगत आमा र बच्चालाई स्वस्थ राख्न जन्मान्तर कम गर्न, गर्भवती र सुत्केरी आमाको उचित रेखदेख, आहार बिहा, स्वास्थ्य उपचारमा उचित ब्यबस्थापनमा लगायतमा चेतना अभिबृद्धि गर्न थालिएको छ ।