शंकर केसी ।
सल्यान, १६ पुष (रेडियो कपुरकोट) । दाङ तुलसिपुर उपमहानगरपालिका ३ सातबास सम्म जोड्ने लक्ष्य सहित सल्यानको कपुरकोट गाउँपालिकाले मोटरबाटो निर्माण गरेको छ ।
कपुरकोट पाखापानी हुँदै धैरेनी देखी सातबाट सम्म मोटरबाटो पुग्न अव केही मिटर मात्रै बाँकी रहेको छ ।
मोटरबाटो निर्माण भएसंगै लामिडाँडा, पाखापानी, गाँडापानी, धनवाङ लगाएतका क्षेत्रका किसानहरुलाई उत्पादित कृषीजन्य वस्तु बजार तथा आफ्नो घर सम्म ल्याउनका लागि निकै सहज भएको छ ।
कपुरकोट ४ गाँडापानी निवासी गोविन्द विकले धैरेनी क्षेत्रमा मोटरबाटो पुगेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
कपुरकोट गाउँपालिकाको बजेटमा मोटरबाटो निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हुकुम बुढाथोकीले बताउनुभयो ।
मोटरबाटोको आज कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा उहाले अव मोटरबाटो संगै क्रमिक रुपमा विद्युत विस्तार, सिंचाइको लागि कुलोको ब्यवस्थापन पनि गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।