सुर्खेत, १९ पुष (जागरण) । हुम्लाको हिमालपारीको गाउँ लिमीबाट गाउँ छोड्नेको संख्या बर्षेनी बढ्दै गएको छ ।
गाउँमै व्यापार व्यवसायको विकल्प नदेखिनु र स्थानीयहरु शहरमुखी भएपछि घर नै बन्द गरेर गाउँ छोड्नेको संख्या बृद्धि भएको हो ।
लिमी उपत्यकामा तीनवटा गाउँ हल्जी, तील र जाङबाट बर्सेनि काठमाडौँसहितका शहरी क्षेत्रमा जानेको संख्या बढ्दै गएको तील गाउँका राङडोल तामाङले बताउनुभयो ।
विशेष गरि व्यापार व्यवसायको शिलशिलामा राजधानी काठमाडौँ, भारतको दिल्ली, हङकङ र अमेरिका जस्ता देश पुगेपछि गाउँ फर्कन नमान्ने संख्या बढेको छ ।
जाङ गाउँका ६७ घरधुरी मध्ये ३३ घरधुरी हालसम्म गाउँ छोडेर काठमाडौँ पलाएन भएको स्थानीय कुन्जोक तामाङले बताउनुभयो ।
त्यसैगरि तील गाउँका ३२ घरधुरी मध्ये १२ र हल्जीका ८७ घरधुरी मध्ये दुई घरधुरीले गाउँ छाडेका छन् ।