कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिमपाता

सुर्खेत, २० पुष (जागरण) । कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाका अधिकाँश भूभागमा भारी हिमपात भएको छ । हिमालि जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगुमा गएरातिबाट भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।
स्थानीय कृषकहरू भने हिमपातले अन्नबाली सफ्रिने आशामा निकै खुसि भएका छन् । खेती योग्य जमिन नभएर हिजो(आज पाखो खेतमा लगाईएको जौँ गहुँ अन्न बाली राम्रो उत्पादन हुने भन्दै स्थानीयले खुसी व्यक्त गरे । तर बालकालिका तथा बृद्धबृद्धाहरुमा भने पुषको मध्य सातामा हिउँ पर्दा यो बर्ष निकै जाडो हुने भन्दै चिन्ता ब्यक्त गरिरहेका छन् ।

यस्तै, पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ ।
हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
पश्चिमी वायुको प्रभावकै कारण अब जाडो झन् बढ्ने मौसमविद्को अनुमान छ ।
यो प्रणालीका कारण मङ्गलबार (भोली) सम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने मौसमविद् श्रेष्ठले बताउनुभयो ।