जुम्लाको पातारासी गाउँपालिका विद्युतमा आत्मनिर्भर

जुम्ला, २० पुष (जागरण) । जुम्लाको पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि जुम्ला विद्युतमा आत्मनिर्भर बनेको छ ।
स्थानीय सरकार आएपछि १५ देखि १०० किलोवाटसम्मका ती आयोजना निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
वर्षाैँदेखि अन्धकारमा बस्न बाध्य स्थानीयले ती आयोजनाको निर्माणपछि विद्युत् सुविधा प्राप्त भएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।
उहाँका अनुसार पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट, तलि लोर्पामा पाँच किलोवाट, लाम्रीमा नौ किलोवाट र महरीमा छ किलोवाटको लघुजलविद्युतको निर्माण सम्पन्न भएको छ ।
जुम्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको गाउँपालिकाका उहाले बताउनुभयो ।
यस्तै, जुम्लाको कनकासुनदरी गाउँपालिका वडा नम्वर २ मालिका बोतामा गाउापालिका उज्यालो बनाउने उदेश्यले ९० किलोवाट विद्युत उत्पादन भएको छ ।
मालिकाबोताको रोतहुदै बग्ने पानी बाट करिव ७ सय मिटर लामो पाईपबाट ९० किलोवाट विद्युत उत्पादन गरिएको वडा अध्यक्ष शेर बहादुर रावतले बताउनुभएको छ ।
रेडियो खुल्ला आकाशका मान बहादुरको कुंवरको सहयोगमा ।