हस्त चौलागाईँ ।
कालिकोट, २० पुष (रेडियो चंखेली) । कालिकोटको शुभकालिका गाउँपालिका कृषि शाखाको खरिद पक्रियामा ठूलो रकम हिनामिना भएको पाइएको छ ।
खाद्य सुरक्षाका लागि उत्पादन विशेष कार्यक्रमका लागि कर्णाली प्रदेशबाट प्राप्त बजेट १७ लाख ७७ हजार कार्यविधिबमोजिम पोली हाउस, टिमुर र कागतीका विरुवा खरिदमा शुभकालिका गाउँपालिका कृषि शाखाका प्रमुख सूर्य रावलले मनपरी ढंगबाट खरिद गरेको पाइएको हो ।
टिमुरका बुटा मात्रै १५ हजार खरिद गरिएको कृषि शाखाले बताएपनि बिरुवा वितरण गर्ने नर्सरीले १४ हजार टिमुरका विरुवा दिएको बताएका छन् ।
शाखाबाट विभिन्न प्रकारका कृषि बिऊ पनि खरिद गरिएको छ । त्यसमा पनि अनियमितता देखिएको छ ।
यता गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हस्त बहादुर शाहीले भने रकम नपुग्दा २ हजार २ सय ५० रुपैयाँ आफ्नो पाकेटबाट दिएको बताउनुभएको छ ।