प्रहरी जवान पदमा सट्टामा परिक्षा दिने पक्राउ

सुर्खेत, २० पुष (जागरण) । सशस्त्र प्रहरी जवान पदमा लिखित परिक्षा दिइरहेका नक्कली परिक्षार्थी सात जना सुर्खेतमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सट्टामा परिक्षा दिने र दिन लगाउने दुवै पक्षलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका १ का ईराज तामाङ सोही ठाउँका सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।
त्यस्तै सुर्खेतको बीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् । यसैगरि अन्य दुई जनाको नाम खुल्न सकेको छैन भने उनिहरु फरार रहेका छन् ।