विमान स्थल विस्तारः एकतर्फी अगाडी बढे आन्दोलन गर्ने चेतावनी

सुर्खेत, २२ पुष (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विमानस्थल विस्तार प्रभावित नागरिकहरुले नागरिकसँग समन्वय नगरी विस्तारको काम नथाल्न नगरपालिकाको ध्यानर्कषण गराएका छन ।
सुर्खेत बिमानस्थल बिस्तार प्रभावित नागरिक सरोकार समितिले आज नगरपालिकामा पुगी स्थानीयसंग समन्वय नै नगरी विस्तारको काम अघि नबढाउन नगरपालिकालाई ध्यान आर्कषण गराएको हो ।
सरोकार समितिले नगरपालिकाका कार्यवाहक प्रमुख र वडा अध्यक्षहरुसँग भेटि आफु्हरुको व्यवास्ता गरि विमान स्थल विस्तार कार्यअघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
समितिका अध्यक्ष टिकाराम आचार्यले पटक–पटक गरिएको बिमानस्थल बिस्तारबाट सुर्खेत र कर्णालीका जनताले फाइदा केही पनि नपाएको भन्दै यसको दिर्घकालिन समाधान हुनेगरी अन्यत्र खोजीगर्नुपर्ने बताउनुभयो ।
बिमानस्थल बिस्तारको बिकल्पखोज्न र तत्काल बिस्तार कार्य रोक्न जनताको माग रहेको बताउँदै त्यसै अनुरुप अघि बढ्नु पर्ने बताउनुभयो ।
नागरिक उड्डयन कार्यालय सुर्खेतले प्रभावित क्षेत्रभित्रमा पर्ने जमिन तथा भौतिक संरचना बनाउन, जग्गा खरिद बिक्री गर्न र हस्तातरण तथा धितो बन्धक लगायतका सबै काम रोकिएका भन्दै सरोकार समितिले तत्काल फुकुवा गर्न समेत अनुरोध गरेको छ ।
यता नगरपालिका प्रभावित नागरिक सरोकार समितिले गराएको ध्यान अर्कषण प्रति सकरात्मक रहेको जनाएको छ ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहोन मायाँ ढकालले प्रभावित नागरिकका मागलाई सम्बोधन हुने नगरकार्यपालिको बैठकले अगाडि बढाउने बताउनुभयो ।