अभाव र समस्या झेल्दै विद्यार्थी

सुर्खेत, १७ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय हासेगाउँको भवन जिर्ण हुदा पठनपाठनमा समस्या भएको छ । सामान्य बर्षातमा पनि छानो चुहिँदा पठनपाठनमा समस्या भएको हो ।
२ सय ५० जना बिद्यार्थी अध्ययन गर्ने गरिरहेको त्यस विद्यालयको नगरपालिकाले आईतबार अनुगमन पनि गरेको थियो ।
निजी स्रोतमा शिक्षक नियुक्ति गरेर पठनपाठन गराउँदै आएको बिद्यालयमा पठनपाठनमा निकै समस्या हुने गरेको प्रधानाध्यापक नगेन्द्र बहादुर बिसिले बताउनुभयो ।
२०६९ सालमा बैकल्पिक उर्जाको सहयोगमा विद्यालयले प्राप्त गरेको सोलार पनि जिर्ण अवस्थामा रहेको छ ।
कम्प्युटर शिक्षा पाठ्यक्रममा समाबेश गरिएको र सोहि अनुसार कम्प्युटर सिकाउन नसकिएको समेत प्रधानाध्यापक बिसीले बताउनुभयो ।
नगरपालिकाले २ कोठे भवन र फिल्ड निर्माणका लागि १३ लाख बजेट बिनियोजन गरेको प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।