भेरी नदीमा बस खस्दा १ को मृत्यू, १ घाईते

भेरि नदिमा खसेकाे बस । तस्विर स्राेत: माेटे ग्यांग सुर्खेत

पंखबहादुर शाही

सुर्खेत, २३ पुस । दाङबाट रिजर्भ लिन सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते भएका छन् । थप विवरण आउन बाँकी रहेको छ । एक जनालाई अस्पताल लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुचना अधिकारी तथा डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभयाे। उहाँका अनुसार बस आज दिउँसो २ बजेर ५० मिनेट आसपासको समयमा दुर्घटना भएको हाे । प्रहरी घटना स्थलमा पुगिसेकेको छ । बसमा सवार कति जना थिए । कति नम्बरक हो भन्ने खुल्न सकेको छैन।