भावाना राना ।
सुर्खेत, २४ पुष (जागरण) । जिल्ला कारागार सुर्खेतमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको पाईएको छ ।
कारागारको क्षमता एक सय जना भए पनि अहिले २ सय ९३ जना कैदिबन्दी रहेको पाईएको हो ।
क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा काराकारमा समस्या भएको बताईएको छ ।
कारागारमा २८ महिला र २ सय ६५ पुरुषहरु रहेको कारागार स्रोतले बताएको छ ।
जमध्ये आमाबाबु सँगै कारागारमा २ जना बालक र एकजना बालिका गरी ३ जना बालबालिकाहरु पनि रहेको कारागारका जेलर लक्ष्मि खरेलले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलाको कारागार जीर्ण भएकाले नयाँ भवनमा सारिएको भएपनि नयाँ भवनमा पनि कैदीहरुको सँख्या बढेको हो ।
गत भदौ महिना देखि कैदीबन्दीलाई नयाँ भवनमा सारिएको उहाँले बताउनुभयो ।
पुरानो भवन जीर्ण भएपनि आर्थिक बर्ष २०६८ —६९ देखि अर्का भवन निर्माणको काम थालनि गरिएको थियो ।