राउटेको स्वास्थ्य परीक्षण

जागरण

सुर्खेत, २५ पुस ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपन्मुख जाती राउटको स्वास्थ्य परिक्षण गरिएको छ ।
जन स्वास्थ्य कार्यालय सुर्खेतको आयोजनामा हाल उनीहरु बस्दै आएको चिङ्गगाड गाउँपालिका वडा नम्बर ६ पुडेमा पुगी स्वास्थ्य परीक्षण गरिएको हो । उनीहरुलाई ब्यक्तिगत सरसफाइ सम्बन्धी स्वास्थ्य शिक्षा परामर्श दिनुको साथै खाद्य असुरक्षाको कारण ब्यक्तिको पोषण तथा स्वास्थ्यमा पर्न जाने गम्भीर परिणाम लाई मध्यनजर गरि केही खाद्य सामाग्री सरसफाइ सामाग्री तथा न्यानो कपडा समेत बितरण गरिएको सिनियर अहेव अमर रानाले जानकारी दिनुभयो ।
रानाका अनुसार स्वास्थ्य परीक्षणका क्रममा सबै भन्दा बढी महिला र बालबालीकामा कुपोषण, निमोनिया, रुघाखोकी, ज्वरो छाला सम्बन्धि समस्या देखिएको छ ।