जुम्लामा ४४ जनाले सडक जिवन विताउँदै

जुम्ला, २६ पुष (जागरण) । जुम्लामा ४८ जना सडक मानव भेटिएका छन् । करिब डेढ हप्ताको अवधिमा संकलन गरिएको तथ्यांक अनुसार जुम्लाका आठै स्थानीयतहमा गरि ४८ जना सडक मानव भेटिएका हुन् । जस मध्य ४ जनाको भर्खरै उद्दार गरिएको छ ।
सामाजिक विकास कार्यालय जुम्लाले जिल्लाका आठै तहमा संकलन गरेको तथ्यांक अनुसार हाल बेवारिस्से अबस्थामा ४४ जनाले सडक जीवन बिताईरहेका छन् ।
सामाजिक विकास कार्यालयका प्रमुख बलविर सुनारले आज प्रशासनमा आयोजित एक कार्यक्रममा जुम्लाका सडक मानवको तथ्यांक सार्वजानिक गर्नुभएको हो ।
जसमध्य तातोपानीमा २ जना, सिंजामा ३ जना, कनकासुन्दरीमा १६ जना, पातारासीमा १० जना, गुठिचौरमा २ जना र चन्दननाथ नगरपालिकामा १३ जना सडक मानव छन । भने तिला र पारातासी गाउँपालिकामा सडक मानव शून्य रहेका छन् ।