सुर्खेत, २७ पुष (जागरण) । कर्णालीमा नेकपाका दुई समुहले छुट्टाछुट्टै कार्यक्रम गरी एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन ।
ओली पक्षका नेताहरुले निर्वाचनमा गएर ताजा जनादेशबाट अनुमोदित भएर आउन चुनौती दिएका छन भने प्रचण्ड नेपाल समुहका नेताहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेका आरोप लगाएका छन ।
केपी शर्मा ओली पक्षका नेताहरुले ताजा जनादेशमा जानु प्रधानमन्त्रीको सही निर्णय भएको बताएका छन् ।
दैलेखमा आज पहिलो पटक भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा उनिहरुले यस्तो बताएका हुन् ।
भेलालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य समेत रहेको नेता यामलाल कँडेलले प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि ताजा जनादेशमा जानुपरेको बताउनुभयो ।
उहाले देश अब प्रतिनिधिसभाको निर्वाचनमा गइसकेकाले जनताको ताजा म्यान्डेटले स्थायीत्व कायम हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धर्मराज रेग्मीले पनि प्रधानमन्त्रीको निर्णय सही भएको बताउनुभयो ।
उहाले जनताले दिने ताजा जनादेशबाट देशले निकास पाउँने भन्दै नेकपाको अर्को समुहका क्रियाकलाप
ताजा जनादेशमा जानु प्रधानमन्त्रीको सही निर्णय भएको भन्दै दैलेखमा बृहत अगुवा कार्यकर्ता भेला गरिएको हो । यसअघि, दैलेखमा पुस १४ गते प्रचण्ड÷माधव पक्षले पनि कार्यकर्ता भेला गर्दै प्रधानमन्त्री केपी शर्मा आलीको असंवैधानिक कदमविरुद्ध शक्ति प्रदर्शन गरेको थियो ।
यता, नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा धोका दिएको आरोप लगाउनुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगमा प्रचण्ड–माधव समूहका युवाहरुले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफनो व्यक्तिगत स्वार्थका लागि कम्युनिस्ट एकतामाथि नै धोका गरेको आरोप लगाउनुभएको हो ।
नेता भट्टराईले यतिबेला मुलुक गम्भीर मोडमा पुगेको भन्दै युवाहरुलाई विवेक पु¥याउ आग्रह गर्नुभयो ।
दलसम्बन्धी व्यवस्था अनुसार निर्वाचन आयोगले आफूहरुलाई नै निर्वाचन चिन्ह सूर्य दिनेमा ढुक्क रहेको नेता भट्टराईले बताउनुभयो ।