कालि बहादुर नेपाली ।
जाजरकोट, २७ पुष (जागरण) । जाजरकोट बारेकोट गाउँपालिकाले गाउँपालिका भवन सहित ६ वटा वडा कार्यालयहरु निर्माण गरेको छ ।
भवन निर्माण भएपछि पालिका र वडालाई दैनिक सेवा प्रवाह गर्न सहज भएको बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाहीले जानकारी दिनुभयो ।
गाउँपालिकाको केन्द्र लिम्सामा १ करोड ५० लाख लागतमा गाउँपालिकाको भवन निर्माण गरेको शाहीले बताउनुभयो ।
तीन बर्षदेखि स्थानीयको घर भाडामा लिएर दैनिक कामकाज सन्चालन गर्दै आएको बारेकोटले अहिले आफ्नै भवनबाट दैनिक सेवा दिन थालेको छ ।