आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयको चेतावनी, विद्यार्थीको माग पुरा गर्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, २८ पुष (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने धम्की दिनुभएको छ ।
विश्वविद्यालयमा उत्पन्न पछिल्लो घटनाक्रमबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति सिंहले विद्यार्थीका माग पूरा गर्न नसकिने भन्दै उनीहरुलाई निस्कासन गर्ने चेतावनी दिनुभयो ।
केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीहरुले अनआवश्यक उदण्ड मच्चाएको उपकुलपति सिंहको आरोप छ । मप विश्वविद्यालयमा सम्बन्धनविनै हाइड्रो इन्जिनियरिङ पढाइ भइरहेको छ ।
त्यसै विषयलाई लिएर विद्यार्थीले आन्दोलन गरिरहेका छन् । यस सम्बन्धमा उपकुलपति सिंहले हाइड्रो इन्जिनियरिङ विश्वविद्यालयका लागि अभिशाप भएको बताउनुभयो ।
विश्वविद्यालयको सम्पति तोड्फोड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्तो गरे सार्वजनिक मुद्दा चलाउने बताउनुभयो ।
उपकुलपति सिंहले विद्यार्थी उचाल्ने केही प्रोफेसरलाई समेत मुगु र रुकुममा सरुवा गरिदिने र क्याम्पस प्रमुखलाई कारबाही गर्ने धम्की दिनुभयो ।
हाइड्रो इन्जिनियरिङको सम्बन्धन, कोरोना अवधिको शुल्क मिनाहलगायतका विषयमा आइतबार उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि धरपकड भएपछि विद्यार्थीले आज उपकुलपति सिंहको पुत्लासमेत जलाएका छन् ।
यता, जनताले भने विद्यार्थीको माग पुरा गर्न आग्रह गरेका छन । सुन्नुहोस अडियोमा ।