सावित्रा उपाध्याय ।
सुर्खेत, २८ पुष (जागरण) सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा रहेको गंगामाला आधारभूत विद्यालयमा खानेपानीको व्यवस्था नहुदा समस्या भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
विद्यालयमा खानेपानी, शौचालय लगायतको व्यवस्था राम्रो नहुदा आफ्हरुलाई पठन–पाठनमा समस्या भएको कक्षा ८ मा अध्यानरत छात्र अभियान रेग्मीले कर्णाली रैबारलाई गुनासो गर्नुभयो ।
विद्यालयका प्रध्यानाध्यापक दान बहादुर वलीका अनुसार अहिले सम्म विद्यालय व्यवस्थापन समितिको बैठक बस्न सकेको छैन ।
विद्यालयमा धारा जडान गरेको एक वर्ष भएपनि कोरोनामाहामाारुीले गर्दा काम अगाडि बढन नसकेको उहाँले प्रधानाबताउनु भयो ।
यता विरेन्द्रनगर नगरपालिका भने विद्यालमा खानेपानीको समस्या भएका जानकारी पाएको भन्दै विद्यालयको समस्या समाधान हुने प्रतिक्रिया दिएको छ ।
शैक्षिक क्षेत्रमा भौतिक पूर्वाधार विकासको लागि रकम समेत विनियोजन गरेको नगरपालिका शिक्षा शाखाका प्रमुख ललित सिंहले बताउनुभयो ।