भाउजुलाई कुटपिट गरी भाग्न खोज्दा…….

दैलेख, ५ माघ (जागरण) । दैलेखेका ठाँटीकाध गाउँपालिका–३ बिसल्लाका कपेन्द्र शाहीले भाउजुलाई कुटपिट गरि भाग्दा लडेर गम्भीर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार राती कपेन्द्रले आफ्नै भाउजु ४० वर्षीया पदमाकुमारी शाहीलाई फलामको रडले प्रहार गरि दाँया गालामा र गर्दनमा चोट लागेको र आफु भाग्ने क्रममा लड्दा उनि घाइते भएका थिए ।
उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । देवर कपेन्द्र कुटपिटबाट भाउजु पदमाकुमारीको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।