गाउँ र नगरसभाका कानुन निर्माण बारे छलफल शुरु

सुर्खेत, १७ जेठ (जागरण) । कर्णाली प्रदेशको संसद वैठकमा गाउँ सभा र नगर सभाका कानुन निर्माण प्रक्रिया सम्बन्धि विद्ययक २०७५ माथि सैद्धान्तिक छलफल आजदेखि शुरु भएको छ ।
छलफलमा भाग लिदै सांसद करविर शाहीले स्थानिय तहका लागी तत्काल कानुन निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद जिवन बहादुर शाही, धर्मराज रेग्मीले स्थानिय तहका लागी प्रदेश सरकारले निर्माण गर्ने कानुन तत्काल पारित गरि गाउँ तथा नगर सभालाई हस्तान्तरण गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै स्थानिय तहका पदाधीकारी तथा सदस्यहरुले पाउने सेवा तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययक २०७५ टेबुल भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको तर्फबाट सामाजिक विकास मन्त्री दल रावलले विद्ययक सभामा टेबुल गर्नुभएको हो ।
त्यसैगरी आजको बैठकमा सामाजिक संघ संस्था सञ्चालन तथा व्यवस्थापन विद्ययक २०७४ माथि पनि सैद्धान्तिक छलफल शुरु भएको छ ।
सामाजिक विकास मन्त्री दल रावलले छलफलका लागी पेश गर्नुभएको विधेयकमाथि धारणा राख्दै सांसद जिवन बहादुर शाहीले संघिय सरकारले यसबारे बनाएको कानुनसँग बाझिनेतर्फ सचेत गराउनुभयो ।
सांसद विन्दमान विष्टले पनि यसबारे गहन छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।