पर्यटन क्षेत्रमा वेवास्था, जनताको सुझाव पुरातात्विक सम्पदाको संरक्षण गर (अडियोसहित)

सुर्खेत, ६ माघ । कर्णालीका स्थानीय तहहरुले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको पाइएको छ ।
अन्य क्षेत्रलाई महत्व दिएर बजेट विनिायोजन गरेपनि पर्यटन क्षेत्रमा खास्सै चासो नदिएको पाइएको हो ।
कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रलाई जोड दिएर विकासका योजना बनाएको छ । तर कार्यान्वयन तहमा रहेका स्थानीय तहले पर्यटन क्षेत्रलाई खास्सै महत्व नदिएको स्वयम स्थानीय सरकारहरु नै स्वीकार गर्छन ।
तल्लो तहमा रहेका सरकारहरुले पर्यटन क्षेत्रमा बजेट विनियोजन गरेपनि त्यही क्षेत्रमा खर्च गर्न नसकेको सरोकारवालाहरु बताउछन ।
पर्यटन लगानी गर्ने सन्दर्भमा समेत केही योजना नबनाएको उनिहरुको भनाई छ ।
यता, स्थानीय तहहरुले भने पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु बनाइएको बताएका छन ।
जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्र प्रसाद घर्तीले आफ्नो स्थानीय तहमा पर्यटन क्षेत्रमा केही रुपमा बजेट विनियोजन गरिएको भन्दै पर्यटकीय क्षेत्रहरुको पहिचानमा लागेको बताउनुभयो ।
दैलेखको नारायण नगरपालिकाले पनि पर्यटन क्षेत्रमा खास्सै महत्व दिएको छैन । नगरपालिका प्रमुख रत्न बहादुर खड्काले भने पर्यटन पूर्वाधारमा डिपिआरको काम शुरु गर्न लागिएको जानकारी दिनुभयो ।
यसैबिच, जनताले भने पुरातात्विक सम्पदाहरुको संरक्षण गरि पर्यटक भित्र्याउन सुझाव दिएका छन । सुन्नुहोस अडियोमा..