काठमाडौं, ६ माघ (जागरण) । कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने सरकारको लक्ष्यमा ठूलो प्रभाव पारेको छ ।
योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसंख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको छ ।
कोभिडले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने भएको छ ।
आव २०७६र७७ मा नेपालीको प्रतिव्यक्ति आम्दानी समेत घटेको छ । आव २०७५÷७६ मा नेपालीको प्रतिव्यक्ति आम्दानी १०३९ रहेको थियो ।
सरकारले यो वर्ष १०८५ अमेरिकी डलर प्रतिव्यक्ति आय पुग्ने प्रक्षेपण गरेको थियो । तर, नतिजामा भने मात्र १०६७ डलरमा सिमित भएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६÷७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो ।