सुर्खेत, १७ जेठ (जागरण) । सांसद विकास कोषका नाममा प्रत्येक निर्वाचन क्षेत्रका लागि छुट्याइएको चार करोड रुपैयाँ बजेटलाई लिएर केही सांसदहरुले आक्रोश पोखेका छन् ।
जुम्लाबाट विजयी नेपाल कम्युनिस्ट पार्टीका सांसद गजेन्द्र महतले संसद विकास कोषका नाममा दिने भनिएको चार करोडले आफूहरुको अपमान गरेको भन्दै आक्रोश पोख्नुभयो ।
सांसद महतले सांसद्लाई ४ करोड नचाहिएको उहाँको भनाई छ । प्रतिनिधिसभामा आज बजेटमाथिको छलफलका क्रममा बोल्दै उहाँले अहिलेको बजेट समाजवाद उन्मुख भनिएको भए पनि सांसद तह लगाउन बजेट ल्याइएको जिकीर गर्नुभयो ।
आफूहरुलाई हेपिएको भन्दै उहाँले सोझासाझा सांसदलाई बलिको बोको बनाउन नपाइने बताउनुभयो ।
जुम्लाको लागि बजेट कम पारिदिएपछि नेताहरुप्रति आक्रोशित हुँदै महतले कसैका लौरा र डोरीले बाँध्न नखोज्न पनि चेतावनी दिनुभयो ।