निर्वाचन कार्यालयहरु निर्वाचनको तयारीमा (अडियोसहित)

सुर्खेत, ७ माघ (जागरण) । सरकारले आउदो वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ ।
जिल्ला निर्वाचन कार्यालयहरुले पनि निर्वाचन लक्षित गतिविधिहरु सुरु गरेका छन् । यसैबीच जिल्ला निर्वाचन कार्यालय सुर्खेतले सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज (मंगलबार) वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले मतदान केन्द्रको पुनरावलोकन र मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु भएको बताउनुभयो ।
यही माघ १५ गतेदेखि स्थानीय तहमा सात दिन र जिल्ला स्तरमा १२ दिन अद्यावधिकको काम गरिने जानकारी दिनुभयो ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालयले निर्वाचन लक्षित के कस्ता गतिविधिहरु गर्दैछन ? अडियोमा सुन्नुहोस्