सुर्खेत मालपोत काण्डः सेटिङ्गमा जग्गा पास गराउनेमा संङलग्न थप दुइजना पक्राउ

सुर्खेत, ७ माघ (जागरण) । जग्गा दलाल र मालपोत कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई जानकारी नै नदिएर जग्गा नामसारी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष राम प्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावत र आवश्यक कागजात लिखित गर्ने अम्मरसिं कटुवाल पक्राउ परेका थिए ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान गरिएको छ भने घटना छानविनका क्रममा रहेकोले थप कर्मचारी पक्राउ गर्ने प्रक्रियामा रहेको विशेष स्रोतले जनाएको छ ।