सरकारी गाडी पार्टीको कार्यक्रममा प्रयोग किन ?

हुम्ला, ७ माघ (रेडियो श्रीनगर) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको कार्यक्रममा हुम्लाको ताँजाकोट गाउँपालिकाको सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ ।
गाउँपालिका अध्यक्ष बाग्दल मल्लको नेतृत्वमा जिल्लास्थित प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताले गाउँपालिकाको सरकारी गाडीको मनपरी तवरमा प्रयोग गरेका हुन् ।
गाउँपालिकाको गाडीमा ताँजाकोट हुँदै कार्यकर्ता तथा नेता बोकेर अदानचुली गाउँपालिकामा पुर्याइएको थियो ।
सरकारी गाडीमा गाउँपालिका अध्यक्ष मल्ल बाहेक अन्य सबै प्रचण्ड–नेपाल समूहका जिल्लास्थित नेता तथा कार्यकर्ता गोपाल बुढा, एट्म परियार र शिभराज शर्मा लगायतका अरु सामान्य पार्टीका कार्यकर्ता समेत सवार भएका थिए ।