कोरोना भाइरसविरुद्ध एकला डोज खोप नेपाल ल्याईँदै

काठमाडौं, ७ माघ (जागरण) । कोरोना भाइरसविरुद्ध खोप भोली नेपाल ल्याइने भएको छ । शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन थालेको हो ।
एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले बताएको छ ।
नेपालमा कोरोनाको पहिलो केस गत माघ ९ गते देखिएको थियो। संयोगवश नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न एक दिनअघि खोप भित्रिन लागेको हो ।