सुर्खेत, ९ माघ (जागरण) । पूर्वप्रधानमन्त्री एवंम नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपि शर्मा ओली पतनको बाटोमा गएको आरोप लगाउनुभएको छ ।
सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि ओलीले पुरपुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पु¥याएको बताउनुभएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा आज नेकपा (प्रचण्ड–नेपाल) समूहले गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले देशको समृद्धिका लागि ओलिलाई सुधार्न विभिन्न प्रयास गरेपनि ओली नसुध्रिएको जिकिर गर्नुभयो ।
उहाँले ओलीले पार्टीका नेतामाथी बलवानको भावना राखेर मूलुकलाई संकटमा पार्न लागेको आरोप लगाउनुभयो ।
ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चालेको बताउँदै नेता नेपालले प्रतिगामी कदम विरुद्ध आम नागरिक एकजुट हुन आग्रह गर्नुभयो ।
साथै नेता नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत रहन नसक्ने भन्दै नेपालले ओलीलाई साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गर्ने चेतावनी दिनुभयो ।
संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको भन्दै संसद पुन स्थापना गरिछाड्ने उहाको दाबी छ ।
यस्तै स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री शक्ति बस्नेतले ओलीबाट संविधानलाई कुल्चने दुश्प्रयास भएको बताउनुभयो ।
अर्का नेता जनार्दन शर्माले कर्णालीमा केपी ओलीको पक्ष नभएको दाबी गर्नुभयो । उहाले देशको सबैभन्दा गरिब प्रदेशको रूपमा रहेकाले कर्णालीको समृद्धिका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नचाहेकाले कर्णालीमा ओली पक्ष नभएको शर्माको दाबी छ ।
भेलामा कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसद सिता नेपाली, चन्द्रबहादुर शाही लगाएतले आफ्नो भनाई राखेका थिए ।