कर्णालीमा कुपोषित हुने बालबालिकाको दर भयाभह

टेकराज केसी ।
सुर्खेत, १० माघ (जागरण) । कर्णालीमा कुपोषित हुने बालबालिकाको दर भयाभह भएको पाइएको छ । सरकारी तथ्याङ्कलाई केलाउँदा कुपोषित हुने बालबालिकाको संख्या भयाभह भएको पाइएको हो ।
तथ्याङ्क अनुसार उमेर अनुसार उचाई नपुगेका बालबालिकाको संख्या सबैभन्दा धेरै रहेको छ । भने अधिक कुपोषित हुनेको संख्या पनि डरलाग्दो रहेको छ ।
जसअनुसार उमेरअनुसार उचाई नपुगेका बालबालिका एक सय जनामध्य ५५ जना उमेरअनुसार उचाई नपुगेका बालबालिका रहेका छन । भने उमेर अनुसार तौल नपुगेका एक सयजनामा ३६ जना रहेका छन ।
त्यसैगरी, उमेरअनुसार तौल नपुगेका ख्याउटे एक सयमा बालबालिकामा ८ जना, अधिक कुपोषण हुनेको संख्या एकसय जनामा दुइजना रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुमा रक्त अल्पता हुने दर एक सयमा ४८ जना रहेको देखिएको छ ।
सबैभन्दा धेरै कुपोषित हुने बालबालिका हिमाली जिल्लाहरुमा धेरै रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्कमा छ ।
पोषण तथा खाद्य सुरक्षामा सरकारी उदासिनता र चेतनाको कमीले कर्णालीमा कुपोषणको दर बढेको सरोकारवालाहरु बताउछन ।
उनिहरुले सरकारले पोषण सम्बन्धीका कार्यक्रम संचालनका साथै अन्य जनचेतना संचालन गर्नुपर्नेमा जोड दिएका छन ।
समाज जागरण केन्द्र स्याक नेपालमा कार्यरत सु आहारा परियोजनाका फिल्ड संयोजक रेशम चन्दले सरकारले चेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले गर्भअवस्थादेखि नै घरपरिवारहरु पोषणका सम्बन्धमा चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

यता, कर्णाली प्रदेश सरकारले भने कुपोषणको दर घटाउन विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताएको छ ।
सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका अधिकृत डम्बर रोकायले खाद्य सुरक्षा सम्बन्धीका विभिन्न कार्यक्रमहरु संचालन गरिएको कर्णाली रैबारसँग बताउनुभयो ।