लैङ्गिक हिंसा विरुद्ध बनेका कानुनहरुलाई कडाई गर्न कर्णालीका स्थानीयले सुझाव

सावित्रा उपाध्याय ।
सुर्खेत, १० माघ (जागरण) । लैङ्गिक हिंसा विरुद्ध बनेका कानुनहरुलाई कडाई साथ कार्यन्वयन गराउन कर्णालीका स्थानीयले सुझाव दिएका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै लैङ्गिक हिंसा विरुद्ध बनेका कानुनहरुको कार्यान्वयन फितलो देखिएको भन्दै कडाईका साथ कार्यान्वयन गर्न उनिहरुले सुझाव दिएका हुन ।
सुर्खेत वराहातालका लक्ष्मी कार्कीले काुनन कार्यान्वयन गर्ने सबैभन्दा ठुलो जिम्मेवारी स्थानीय सरकारको भएको भन्दै लैङ्गिक हिंसा सम्बन्धीका चेतनामुलक कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो ।
दैलेखका अर्का स्थानीय नारायण प्रसाद पौडेलले हिंसाजन्य क्रियाकलाप रोक्न नीतिगत व्यवस्थालाई कडाई गर्नुपर्ने भन्दै पिडीतहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उनिहरुले तीतिगत व्यवस्थामा त्रुटी भए शंसोधन गरेर भएपनि कडाई गरी लैङ्गक हिंसा न्युनिकरण गर्न सुझाव दिएका हुन ।
यता, लैङ्गिक हिंसा अन्त्यका लागी प्रदेशका ७९ वटै स्थानीय तहमा बैंक खाता छोरीको सुरक्षा जिवभरीको लगायतका कार्यक्रम संचालन गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सामाजिक अधिकृत यशोधा शर्माले कर्णाली रैबारसँग बताउनुभयो ।