पंख बहादुर शाही ।
सुर्खेत, १० माघ (जागरण) । सुर्खेत विमानस्थल विस्तारको कार्य कुनैपनि हालतमा अगाडी बढ्न नदिने प्रभावित क्षेत्रका नागरिकहरुले चेतावनी दिएका छन ।
विमानस्थल उपयुक्त नभएको र स्थानीयलाई सरकारले भ्रमित पारेर एकलौटी निर्णय गरेको भन्दै नागरिहरु आक्रोशित बनेका हुन् ।
उनिहरुको सूरुवाती समयदेखिनै विरोध गरेको भएपनि सरकारले एकलौटै तरिकाले निर्णय गर्दै नागरिकहरुलाई तर्सारहेकोे बताएका छन ।
नागरिकहरुको कुनै विकल्प नै नखोजी एकाएक आतङिकत गराएको समेत उनिहरुको भनाई छ ।
विमानस्थलको विषयलाई लियर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, ११ र १२ का स्थानीयले एक महिनाअघि नागरिक सरोकार समिति गठन गरी विरोध गर्दै आएका छन ।
यस्तै, समितिले आज एक महिने प्रतिवेदन सार्बजनिक गर्दै यो अवधीमा प्रभावित क्षेत्रका बासिन्दाको प्रतिनिधित्व गर्दै प्रदेश सरकार, नगरपालिका, जिल्ला प्रशासन लगाएतका विभिन्न जिम्मेवारी निकायलाई विमानस्थल विस्तारको कार्य तत्काल बन्द गरी अन्य ठाउँमा विकल्प खोज्न माग गरेको बताएको छ ।
माघ ३ गते वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले पनि स्थानीयबाट विरोध आएको भन्दै विमानस्तल विस्तारको काम रोकी अन्य ठाउँमा विकल्प खोज्न प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
विमानस्थल अधिग्रणबाट वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, ११ र १२ का गरी करिब ९ सय २३ घरधुरी प्रभावित हुने देखिन्छन् भने, १६ ओटा सार्वजनिक सँस्था प्रभावित हुने छन् ।
अब नागरिक सरोकार समितिले विमानस्थलको विकल्प खोज्न प्रदेश सरकार र संघीय सरकारलाइ्र्र दबाब मुलक कार्य गर्ने समितिका संयोजक टिकाराम आचार्यले कर्णाली रैबारसँग बताउनुभयो ।