कोभिड १९ का कारण मृत्यु भएका परिवारहरुलाई आईएमईले दियो राहत रकम

सुर्खेत, १० माघ (जागरण) । कोभिड १९ का कारण मृत्यु भएका परिवारहरुलाई आई.एमई लीमिटेडले राहत रकम उपलब्ध गराएको छ ।
आई.एमई भरोसा कोष अन्र्तरगत कोरोनाबाट मृत्यु भएका परिवारहरुलाई राहत रकम दिइएको हो ।
दैलेख गुराँस गाउँपालिका वडा नं ५ गोगनपानिका नन्दा चन्द र सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का चिरणजिवी थापालाई आइएमई मार्फत राहत दिइएको आएमईमा कार्यरत डिकेन्द्र थापाले जानकारी दिनुभयो ।
उनिहरुको लागि ५८ हजार ८ सय २३ रुपैयाँ राहत स्वरुप दिइएको उहाले जानकारी दिनुभयो ।
चन्दको श्रीमान पे्रम बहादुर चन्द बैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत हुनुहुन्थ्यो भने थापाका बुवा बिर बहादुर थापा बैदेशिक रोजगारीको शिलसिलामा साउदीमा कार्यरत हुनुहुन्थ्यो ।
कोरोनाका कारण मृत्यु भएका उनिहरुलाई परिवारलाई केही रुपमा राहत होस भन्नको निमित्त उक्त रकम प्रदान गरिएको जनाइएको छ ।
राहत रकम उद्योग बाणिज्य संघ कणाली प्रदेशका अध्यक्ष पदम शाहि, भेरी एफएमका अध्यक्ष केशव कोईराला गौतम आई.एमई सेन्टरका सञ्चालक कुल बहादुर गौतमको उपस्थितिमा आई.एमई लीमिटेड कणाली प्रदेशमा कायरत दिपेन्द्र सिहं र थापाले हस्तान्तरण गर्नुभएको हो ।