सात महिनाको अवधिमा कर्णाली प्रदेशबाट दुई अर्ब बराबरको पशु चौपाय निर्यात

नन्द कठायत ।
सुर्खेत, ११ माघ (जागरण) । कर्णाली प्रदेशबाट चालु आर्थिकमा दुई अर्ब बराबरको पशु चौपाय निर्यात भएको छ ।
प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा कर्णालीबाट दुई अर्बको पशु चौपाय निर्यात भएको हो ।
कोरोना भाइरसका कारण निर्यातमा केही समस्या भएपनि अहिले भने पशु चौपायबाट निर्यात शुरु भएको मन्त्रालय अन्तगरगतको पशुपंक्षी विकास निर्देशनालयले जनाएको छ ।
पछिल्लो समय युवाहरु पशुपालनमा आकर्षित हुन थालेको भन्दै कर्णाली प्रदेश खशीको मासुमा आत्मनिर्भर भएको निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले कर्णाली रैबारसँग बताउनुभयो । आवाज…
कोरोना भाइरसको माहामारीपछि बैदेशिक रोजगारीमा रहेका व्यक्तीहरु पशुपालन व्यावसाय क्षेत्रमा केन्द्रीत भएकाले उत्पादनमा बद्धि भएको उहाले जानकारी दिनुभयो ।
यसैबिच, प्रदेशबाट अहिले एक हप्तामा छ हजार लिटर दुध काठमाडौँ निर्यात भइरहेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषी क्षेत्रमा गरेको लगानिबाट कृषकहरुको उत्पादन बढेको भन्दै निर्देशक गीरीले अबको दुइ वर्ष भित्र कुखुरा र दुधमा पनि प्रदेश आत्मनिर्भर हुने दावी गर्नुभयो । आवाज…
अस्टे«लिया र न्यूजिल्यानबाट खसि, बोका खारिदको लागि प्रस्ताव आब्हान गर्ने तयारीमा आफुहरु जुटेको उहाँले जानकारी दिनुभयो । आवाज..
चालु आर्थिक वर्षमा पनि दुई सय भन्दा बढी उन्नत जातका बोका कृषकहरुलाई दिने योजना निर्देशनालयले बनाएको छ ।