सुर्खेत, ११ माघ (जागरण) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको ५३ हजारभन्दा धेरै खोप ल्याइने भएको छ ।
५३ हजार ९ सय पाँच वटा खोप आज प्रदेश राजधानी सुर्खेत आइपुग्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशमा ल्याइने खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयमसेविका लगायतलाई दिइने निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्काले पहिलो चरणमा ११ हजार डोज खोप दिइने कर्णाली रैबारसँग बताउनुभयो । …आवाज…
खोप १० वटै जिल्ला अस्पतालबाट दिइनेगरी तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सबै प्रदेशमा एकैसाथ मन्त्रालयले पठाउन लागेको हो ।
दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।