निजामती सेवाप्रति युवाहरुको आकर्षण बढ्दै, कर्णालीबाट मात्र बार्षिक करिब ३९ हजारले दिन्छन लोकसेवाको परिक्षा

नन्द कठायत ।
सुर्खेत, १४ माघ (जागरण) । निजामती सेवाप्रति युवाहरुको आकर्षण बढ्न थालेको देखिएको छ ।
सरकारी स्थायी र विश्वस्नीय परिक्षा हुने भएपछि लोकसेवाले लिने परिक्षामा युवाहरुको आकर्षण बढ्न थालेको हो ।
निजामती प्रशासनमा आकर्षक सेवा सुविधा र स्थायीत्वका कारण युवाहरुको सरकारी जागिर खाने चाहना पलाएको देखिन्छ ।
कुनै समय युवाहरु माझ कम प्राथमिकतामा पर्ने निजामति प्रशासनमा देखिएको यो आकर्षणलाई सकारात्मक रुपमा लिन सकिने आयोगका अधिकारीहरुले बताएका छन ।
व्यापार व्यवसाय, वैदेशीक रोजगारमा उत्साहित हुने युवाहरुको सरकारी सेवामा कानूनी व्यवस्था र सरकारी सेवाको ग्यारेन्टी हुने भएकाले आकर्षण बढेको उनिहरुको भनाई छ ।
कर्णालीमा पनि युवाहरुको आकर्षण निजामती सेवामा धेरै देखिएको पाइएको छ । कानूनी प्रक्रियबाट पछाडि परेका गरिब र पहुँच नभएका व्यक्तिहरुले स्वतन्त्ररुपमा परिक्षा दिन पाइने भन्दै युवाहरुको आकर्षण बढेको लोकसेवाको तयारीमा जुट्नुभएका दैलेखका दुल्लु नगरपालिकाका जनक रिजालले बताउनुभयो ।
केन्द्रिय लोकसेवा आयोग कार्यालयका सूचना अधिकारी देवीप्रसाद सुवेदीले विगतका वर्षहरुमा ५÷६ लाख बराबरको दरखास्त पर्ने गरेको भन्दै यो वर्ष कोरोना भाइरसका कारण केही प्रभाव परेको बताउनुभयो ।
उहाले अहिले केही परिक्षाको दरखास्त खोल्ने तयारी भएको भन्दै कोरोनाका कारण विगतकोभन्दा दरखास्त दिनेको संख्या कम देखिएको कर्णाली रैबारसँग बताउनुभयो ।
प्रदेश संरचनाको सुरुवातसँगै कर्मचारीको आवश्यकता बढ्दै गएको भन्दै उहाले समावेशीको संवैधानिक अवधारणाले गत वर्षको तथ्याङ्क हेर्दा देशभर ४ लाख भन्दा बढी दरखास्त परेकोमा कर्णाली प्रदशबाट मात्रै ३८ हजार ४ सय ८६ जनाले दरखास्त दिएको बताउनुभयो ।
अहिले पनि त्यो संख्याभन्दा धेरै परिक्षार्थीहरु विभिन्न पदको परिक्षामा सहभागी हुन सक्ने उहाले बताउनुभयो ।