सुर्खेत, १७ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको छाप्रेमा निर्माण हुने आयोजनाको आधा रकम ढुवानीमै खर्च हुने गरेको पाईएको छ ।
भर्खरै मात्र सडक सञ्जालले छोएपनि विकट रहेको छाप्रेमा विकास निर्माणका काम गर्दा ढुवानीमा नै आधा रकम खर्च हुने गरेको पाईएको हो ।
आयोजना निर्माणका लागि आवश्यक सामग्री करिब दुई–तीन घण्टा टाढाबाट ल्याउनुपर्ने हुँदा ढुवानीमै धेरैजसो रकम खर्च हुने गरेको खानेपानी उपभोक्ता समितीका अध्यक्ष बिमल देउवाले बताउनुभयो ।
भनेको समयमा सामाग्री ढुवानी गर्न नसकेको कारण कतिपय आयोजना समयमै सम्पन्न हुन नसकेको पनि उहाँको भनाई छ ।