जाजरकोट, १५ माघ (जागरण) । जाजरकोट बारेकोट गाउँपालिका ३ पहाडा मुल्सामको दीपेन्द्र माद्यामिक विद्यालयका राहत शिक्षक दीर्घराज रोकायलाई तीन दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न शिक्षा शाखाले पत्राचार गरेको छ ।
रक्सी खाएर विद्यार्थीलाई कुट्ने, दलित विद्यार्थीलाई अभद्र व्यवहार गरेको अडियो सहितको समाचार कर्णाली रैबारसहित अन्य संचारमाध्यममा सार्वजनिक भएपछि स्पष्टीकरण पेश गर्न माग गरिएको हो ।
तीन दिन भित्र लिखित स्पष्टीकरण पेश नगरेमा स्वत ः कारबाही गरिने शिक्षा शाखा प्रमुख रामबहादुर मल्लले जानकारी दिनुभयो ।
विद्यालय जस्तो पवित्र स्थलमा जाँड रक्सी सेवन गरी विद्यार्थीलाई कट्ने, धम्काउने लगायतका कार्य गर्नु गैरकानुनी भएको अधिकारकर्मीहरुले बताएका छन ।