नेकपाको आधिकारिक पार्टी हाम्रो होः कंडेल

सुर्खेत, १५ माघ (जागरण) । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य यामलाल कंडेलले केपी शर्मा ओली नै नेकपाको आधिकारीक अध्यक्ष भएको भन्दै भ्रममा नपरी गोलबद्ध हुन समर्थकहरुलाई आग्रह गर्नुभएको छ ।
आज सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा केपी शर्मा समूहको अगुवा कार्यकर्ता भेललाई सम्बोधन गर्दै वली समूहका स्थाअगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कंडेलले यस्तो बताउनुभएको हो ।
केपी शर्मा वली नै आधिकारी भएको भन्दै अरुको भ्रममा नपरी पार्टीको काममा लाग्न कंडेलले आग्रह गर्नुभयो ।
पार्टीभित्रै विकास नचाहानेहरुले प्रधानमन्त्रीलाई काम गर्न नदिएकाले बाध्यभएर संसद विघटन गर्नुपरेको उहाँको भनाइ छ ।
देशलाई विकासको गतिमा लैजान ताजा जनादेशमा जानुको विकल्प नरहेको कंडेलले बताउनुभयो ।
कार्यक्रममा नेकपमा केन्द्रीय सदस्य ठम्मर बिष्टले देशी विदेशी शक्तीहरु प्रधानमन्त्रीका बिरुद्धमा लागेको भएपनि उनीहरु असफल हुने दाबि गर्नुभयो ।