प्रदेश सरकारले विकासको काममा राजनितिक पूर्वाग्रह राख्याे: सांसद रेग्मी

नन्द कठायत ।
सुर्खेत, २० माघ (जागरण) । कर्णाली प्रदेश सरकारले राजनीतिक पूर्वाग्रही ढंगले विकासका काम गर्ने गरेको प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् । उनीहरुले विकासमा पक्षपात नगर्न चेतावनी समेत दिएका छन् ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले दैलेख निर्वाचन क्षेत्र १ क बाहेकका योजनामा मात्र ठेक्का प्रक्रिया थालेपछि प्रदेश सांसद धर्मराज रेग्मीले त्यसप्रति आपत्ति जनाउनु भएको छ । बहु –वर्षिय आयोजनाको निर्माण गर्नेे अवधारण अन्र्तगत प्रदेश सरकारले दैलेख क्षेत्र नम्बर १ को (क) अन्तर्गतका योजनाहरुलाई ठेक्का प्रक्रियामा लगेको छैन् ।
प्रदेशसभा सदस्य रेग्मीले आफु प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका बाहेक प्रदेश सरकारले दैलेखका अन्य क्षेत्रको ठेक्का अगाडि बढाएको प्रति आपत्ति जनाउनुभयो ।
सांसद रेग्मीले प्रदेश सरकारका भौतिक मन्त्रीको प्रत्यक्ष निगरानीमा यी कामहरु भइरहेका भन्दै त्यसमा फरक राजनीतिक विचार भन्दा अरुकुनै पनि कुरा नभएको बताउनुभयो । उहाँ साविक माओवादी केन्द्रबाट निर्वाचित भएपनि हाल नेकपाको विभाजनले केपी वली समूहमा हुनुहुन्छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रचण्ड पक्षमा हुनुुहुन्छ । उहाँले नै सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयले राजनीति पूवाग्रह साँधेको सांसद रेग्मीको भनाइ छ ।
उहाँका आुसार भौतिक मन्त्रालयको लापरवहीले ३७ करोड रकमको टेन्डर बदर भएको छ । बहु –वर्षिय आयोजनाका रुपमा रहेका जनता सडक लागायतका योजनाहरुको गत वर्ष पनी १० करोड वजेट पनि प्रदेश सरकारले टेन्डर नगरेको उहाँले बताउनुभयो ।
यता कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने कुनै पनि राजनीतिक पूर्वाग्राबाट काम नगरेको प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता गोपाल शर्माका अनुसार सबै निर्वाचन क्षेत्रमा अध्यान गरेर जिल्ला कार्यालयले डिपीआर तयार गरे अनुसार विकासका काम अगाडि बढाएको बताउनुभयो ।