कर्णालीमा दिर्घरोगीहरु बढ्दै, जिवनशैली परिवर्तन गर्न डाक्टरहरुको सुझाव

सावित्रा उपाध्याय ।

सुर्खेत, २० माघ (जागरण) । पछिल्लो समय मधुमेह र रक्तचाप लगायतका दिर्घरोगीहरु बढेको भन्दै यस्ता रोगबाट बच्न जिवन शैलिमा सुधार गर्न डाक्टरहरुले सुझाव दिएका छन ।
प्रदेशमा उच्च रक्तचापका बिरामीहरु बढ्दै गएको भन्दै उनिहरुले आफ्नो दैनिकी र खानपानमा ध्यान दिन सुझाव दिएका हुन ।
व्यस्त जिवन शैलि र बजारमा पाइने प्याकिङ खानाको प्रयोग बढेपछि यस्ता रोगीहरु पनि बढेको डाक्टरहरुको भनाई छ ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डाक्टर के एन पौडेलले मधुमेहबाट बच्न खानपिनमा ध्यान दिनुपर्ने कर्णाली रैबार मार्फत सुझाव दिनुभयो ।
दैनिक २५ देखी ३० मीनेट व्याम गर्नुपर्ने बताउँदै उहाले आफ्नो जिवन शैलिमा परिवर्तन गर्न सकिएन भने यसले भविश्यमा ठुलो समस्या निम्तिने बताउनुभयो ।
तौल घटदै जाने, सुगर भएर खाना धेरै खान मन लाग्ने ,पीसाब धेरै लाग्ने जस्ता लक्षण देखा पर्न सक्छन । यो रोगबाट बच्न समय समयमा सुगर र प्रेसरको जाँच गर्नुपर्ने पौडेलेको सुझाव छ । उहाँका अनुसार कर्णालीमा प्रेसरका बिरामी करिब ३५ प्रतिशत रहेका छन ।