सर्वोच्चमा राजनितिक दवाब छः न्यायधिस कार्की

सुर्खेत, २१ माघ (जागरण) । सर्वोच्च अदालतका न्यायाधिश हरिकृष्ण कार्कीले पछिल्लो समय न्यालयमाथि दबाव बढ्दै गएको बताउनुभएको छ ।
दबाब र प्रभाव बढ्दै गएको भन्दै त्यसले न्यायाधीशमा त्रासको वातावरण सिर्जना गरेको बताउनुभयो ।
न्यायपालिकामा विकृति, अनियमितता तथा विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने कदमबारे सुझाव लिन आज सुर्खेतका पत्रकारहरुसँग भएको छलफलमा न्यायाधिश कार्कीले यस्तो बताउनु भएको हो ।
न्यायाधिशले दबाव, प्रभाव नभइ प्रमाणका आधारमा फैसला गर्ने भएपनि पक्ष÷विपक्षमा हुने प्रदर्शनका र संचार माध्यममा आउने समाचारले फैसला गर्दा न्यायाधिशमा डराउनु पर्ने अवस्था आएको उहाँको दुखेसो गर्नुभयो ।
न्यायपालिको सुधार अभियान अन्तरगत न्यायधिश कार्कीको संयोजकत्वमा सर्वोच्चले न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता र विचौलियाबाट हुन सक्ने क्रियाकलापकासँगै त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायका सम्बन्धमा अध्ययन गरी प्रतिवदेन पेश गर्न समिति गठन गरेको छ ।
यसै बिषयमा सुझाव संकलनका लागि सुर्खेत आइपुग्नु भएका न्यायाधिस कार्कीले न्यायपालिका प्रजातन्त्रको महत्वपूर्ण पिलर भएको भन्दै बाहिरी प्रभावबाट न्यायालय मुक्त हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले न्यायिक प्रक्रिया मंहगो र झण्झटिलो रहेको भन्दै यस तर्फ ध्यान दिन सुझाव दिएका छन् ।