नन्द कठायत ।
सुर्खेत, २१ माघ (जागरण) । कर्णाली प्रदेशमा कुपोषण हुनेको संख्या बढ्दो क्रममा रहेको एक तथ्याङ्कले देखाएको छ ।
स्याफ्रन नेपालले समाजमा विद्येमानका रुपमा रहेको कुपोषणलाई न्यूनीकरण गर्ने उद्दश्यले बहु क्षेत्रीय पोषण योजना अन्र्तगत सुर्खेतका दुई वाटा स्थानीय तहमा गरेको अध्यनले यस्तो देखाएको हो ।
कर्णालीमा २९ दशमलव ५ प्रतिशतले बाहेक अन्यले सधै एउटै किसिमको खाना खाने गरेका यस्तो देखाएको होछन् । यसले कर्णालीमा हरेकबार ४ बार खानाको प्रयो हुन नसकेको तथ्याङ्कमा उल्लेख छ ।
कर्णालीमा लामो समय सम्म यस क्षेत्रमा आवद्ध भएका शैलेन्द्र बिष्टले ग्रामीण क्षेत्रका धेरै जस्तो महिला तथा बालवालिकामा कुपोषणको दर उच्च रहेको भन्दै अहिले विभिन्न अभिमुखिकरणका कार्यक्रमहरु लागुगर्दै आएको बताउनुभयो ।
यता कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङक अनुसार कर्णालीमा कुपोषणका कारण पुट्कोपना ४७ दशमलव ८ प्रतिशत, ख्याउटेपना १७ दशमालव ६ प्रतिशत, कम तौल ३७ दशमलव ४ प्रतिशत र रक्तअल्पता ४८ प्रतिश रहेको छ ।
गर्भवती महिला र ५ वर्ष मुनीका बालबालिकामा रक्त अल्पता एकदमै बढी रहेको स्वास्थ्य निर्देशनालयका बरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताउनुभयो ।