कर्णालीको अथाहा सम्भावनालाई अवसरमा बदल्नुपर्ने कर्णाली प्रदेश प्रमुख कलौनीको सुझाव

पंख बहादुर शाही ।
सुर्खेत, २२ माघ (जागरण) । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली अथाह सम्भावनाको खानी भएपनि आर्थिक र भौतिक हिसाबले कमजोर रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सभाको दोस्रो बार्षिकोत्सवको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कलौनीले यस्तो बताउनुभएको हो ।
विकासको सुचाङ्कमा कर्णाली पछि परेको भन्दै कलौनीले कर्णालीको प्रमुख आधार प्राकृतिक स्रोत–साधन नै भएको बताउनुभयो ।
कर्णालीको जल, जंगल जडीबुटीको भरपुर सदुपयोग गर्न सके मात्रै कर्णालीबासीलाई सुखारी कर्णालीबासीको रुपमा परिणत गर्न सकिने बताउनुभयो । आवाज….
यस्तै विशेष अथितिको रुपमा रहनुभएका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई हिनताबोध, निराशापन हुने काम नगरेको बताउनुभयो ।
कठिन परिस्थीतिका बीचमा पनि कर्णालीको विकास र परिर्वतनमा लागिरहेको शाहीले दावी गर्नुभयो ।
जनताको अपेक्षा अनुसार काम गर्न केही कमजोरी भएको भन्दै शाहीले विकासका सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले प्रतिपक्षको रचनात्मक आलोचना आवाश्यक रहेको भन्दै अव्यवस्थित भूमिकाबाट नभई व्यवस्थीत दिशा तर्फ उन्मुख हुन आग्रह गर्नुभयो । आवाज……..
यस्तै प्रदेश सभाका सभामुख राजबहादुर शाहीले प्रदेश सभामा भएका काबाट आफु सन्तुष्टि भएका दावी गर्नुभयो ।
तर, कर्णाली प्रदेशसभाको वार्षिकोत्सव समारोहमा सांसदको सहभागिता न्यून देखिएको थियो ।
अघिल्ला वर्षमा वार्षिकोत्सव समारोहमा सबै सांसद आएका भएपनि यो वर्ष उपस्थितिमा नेकपा विभाजनको असर देखिएको छ । ४० सदस्यीय प्रदेशसभामा नेकपाका ३३ सदस्य छन् ।
समारोहमा मुख्यमन्त्री शाही, सभामुख राजबहादुर शाही, मन्त्रीहरु विमला केसी, नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दानसिंह परियार, यज्ञ विसी, पदम रोकाय, कृष्णा शाह, पदमा खड्का र अमृता शाही मात्रै उपस्थित भएका थिए ।