स्थानीय सरकारले संचालनमा ल्याएका एम्बुलेन्सले महंगो भाडा असुल्दै

नन्द कठायत ।
सुर्खेत, २५ माघ (जागरण) । कर्णालीका अधिकांस स्थानीय सरकारले एम्बुलेन्स संचालनमा ल्याएपनि भाडादर महंगो हुँदा नागरिकहरु मर्कामा परेका छन ।
एम्बुलेन्स सेवाले सहजता आएपनि महंगो भाडाका कारण एम्बुलेन्सको सेवा लिन समस्या भएको उनिहरुले गुनासो गरेका हुन ।
स्थानी तह भित्रका जनतालाई सहज सेवासुविधा दिने भन्दै सेवा सुरु गरेका स्थानीय सरकारले निजी गाडी बराबर एम्बुलेन्स भाडा लिएको स्थानीयको गुनासो छ ।
स्थानीय तहअनुसार भाडादर कायम गरिएको छ । केही स्थानीय तहले भने सौहिलियतमा बिरामी ओसारपसार गरेको भएपनि केहीले भने महंगो भाडा उठाउने गरेका छन ।
सुर्खेतको चिङ्गाड गाउँपालीकाले एम्बुलेन्स भाडा ५ हजार ५ सय तोकेको भन्दै स्थानीय …. ले एम्बुलेन्स भाडा महंगो भएको गुनासो गर्नुभयो ।
सर्बसाधरण जनताले यती धेरै भाडा तिर्न नसक्ने भन्दै उहाले निजि गाडीमा रिजर्ब गरेर जानु र एम्बुलेन्समा जानु बराबर भएको बताउनुभयो ।
यस्तै दैलेखको भागवतीमाइ गाउँपालिकाले पनि पालिका भित्रका सर्वसाधारण महंगो भाडा लिने गरेको छ ।
स्थानीय विनयराज न्यौपानेले सर्बसाधरणको सेवाका लागि खरिद गरिएको एम्बुलेन्स भाडा घटाउनुपर्नेमा जोड दिनुभयो ।
यता, स्थानीय तहहरुले भने भाडादरमा केही हेरफेर हुन सक्ने प्रतिक्रिया दिएका छन ।
कच्ची बाटो, भौगोलिक रुपमा भडादर निर्धारण गरिएको बताउँदै चिङ्गाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धु्रर्व प्रसाद देवकोटाले गाउँकार्यपालिकाको छलफलबाट भाडादर निर्धारण गरिने बताउनुभयो ।
यस्तै, भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बखत बहादुर खड्काले पनि भौगोलिक दुरी अनुसार एम्बुलेन्सको भाडादर तोकिएको बताउनुभएको छ ।
यस्तै, महावु गाउँपालिकाले भने पालिका भित्रका नागरिकलाई १२ सय एम्बुलेसको भाडादर तोकेको यो नागरिकहरुको लागि उपयुक्त भएको गाउँपालिका अध्यक्ष जंग बहादुर शाहीले दाबी गर्नुभयो ।