डोल्पा, १७ जेठ (जागरण) । डोल्पाको एक बिद्यालयमा भवन निर्माणको रकम बैँकबाट झिकेर यार्चा ब्यापारमा गरिएको छ ।
मुड्केचुला गाउपालिका–३ को नव ज्योती आधारभुत बिद्यालय भवन निर्माणको ११ लाखको रकम बैँकबाट निकालेर यार्चाको व्यापार गरिएको हो ।
शिक्षा बिकास तथा समन्य इकाइ डोल्पा र नव ज्योती आधारभुत बिद्यालय बिच दुई कोठे भवन निर्माणको लागि सम्झौता गरेको भवनको रकम अर्कै बिद्यालयका प्रधानाध्यापकले निकालेर यार्चा व्यापार गरेको खुलासा भएको छ ।
यहि आर्थिक बर्ष भित्र बिद्यालयको भवन सम्पन्न गर्नको लागि समुदायले हाल बिद्यालय निर्माण गरि रहेको छ ।
विद्यालयको भवन निर्माण भईरहेको र अन्य निर्माणका सामाग्रीहरु खरिद गर्न भवन निर्माण समितिका पदाधिकारीहरु रुपैया निकाल्न भनि जिल्ला सदरमुकाम दुनैमा पुग्दा अर्कै विद्यालयले निकालेको निमार्ण समितिका अध्यक्ष पदम थापाले जानकारी दिनुभयो ।
समान खरिदको लागी आबश्यक रकम निकासा गर्न बैँकमा पुगदा मुड्केचुला १ कै अर्को आधरभुत बिद्यालयमा रकम जम्मा गरी प्रधानाध्यापकले यार्चा ब्यापारमा लगाएको बताउनुभयो ।
शिक्षा बिकास तथा समन्वय ईकाइ कै लापरवाही
शिक्षा बिकास तथा समन्वय इकाई डोल्पाले जानाजान एक बिद्यालयको भवन निमार्णको रकम अर्को विद्यालयको खातमा जम्मा गरिदिएको भवन निर्माण उपभोक्ता सममितिका अध्यक्ष पदम थापाले आरोप लगाउनुभयो ।
नव ज्योती आधारभुत बिद्यालय रिडिङ्गकोे खाता नं ०८७००१०१२६६०७७०००००१ मा जम्मा गर्नुपर्ने भवन निर्माणको ११लाख २० हजार रकम नव ज्योती बिद्यालय औलको खाता नं ०८७००१०१२६६१०९०००००१ मा जम्मा गरी सोही बिद्यालयका प्रधानाध्यापक तिलक खड्काले कोही कसैलाई जानकारीनै नगरी सुटुक्क ११ लाख रकम निकासा गरी यार्चा ब्यापारमा लगेको स्थानिय नर बहादुर थापाले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘शिक्षाका हाकिम र लेखापालकै मिलेमतोमा गलत नियतले अर्को बिद्यालयको खातामा जम्मा गरेका हुन् ।’
यता शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पाका प्रमुख सिँह राज डाँगीले बिद्यालयको नाम एकै परेको र कार्यालयबाट केहि प्राबिधिक कुराको त्रुटि भएको स्वीकार गर्नुभयो । उहाँले पुरानो खातालाइ नया २० अंकको खातामा परिनत गर्ने क्रममा बिद्यालयको नाम एकै परेपछि त्यस्तो समस्या आएको जानकारी दिनुभयो ।
११ लाख निकालेर प्रधानाध्यापक सम्पर्क बिहिन
बिना शिर्षकको रकम बिद्यालयको खातामा जम्मा भएको ११ लाख रकम निकालेका प्रधानाध्यापक तिलक खड्का सम्पर्क बिहिन भएका छन । यता भवन निर्माण उपभोक्ता समितिले ब्याजमा रकम निकालेर सामान खरिदमा लगाएको समितिले जानकारी दिएको छ ।
शिक्षाले रकम फरक बिद्यालयमा गएको थापा पाए पछि प्रधानाध्यापक खड्कालाइ सम्पर्कमा आउन नचाहेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पामा प्रमुख सिंहराज डागीले जानकारी दिनुभयो ।
नव ज्योती प्राबि रिडिङ्गको भवन निर्माणको रकम मुड्केचुला गाउपालिकाकै वडा नं.१ को नव ज्योती बिद्यालय औलको खातामा जम्मा भई प्रधानाध्यापक तिलक खड्काले यार्चा ब्यापारमा लगाउादा सम्पर्क बिहिन भएको विद्यालय व्यवस्थापन समिती तथा स्थानीय अगुवा लंक बहादुर रोकायाले आरोप लगाउनुभयो ।
यता शिक्षाले भने हाल भवन निमार्ण भईरहेको बिद्यालय र रकम जम्मा भएको बिद्यालयको खाता रोक्का गरेको जनाएको छ ।
टेक बहादुर शाही, अन्नपुर्ण पोष्ट