सुर्खेत, २५ माघ ।
बराहताल गाउँपालिका वडा नं. ७ को सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ ।
वडा पालिकाको आयोजना तथा पिपुल्स कम्यूनीकेशनको सहजीकरण सार्वजनिक सनुवाई कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाईमा सेवाप्रदायकहरुले वडा र मातहतका कार्यालयबाट प्रवाह गरिने सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । वडा कार्यालयबाट प्रवाह गरिने सेवा र सञ्चालन गरिने कार्यक्रमका बारेमा सेवाग्राही सबैले जानकारी पाउनेगरी सूचना प्रवाह गर्ने, योजना छनौट प्रक्रियालाई थप सहभागितामूलक बनाउने, उपभोक्ता समिति गठन गर्दा धेरै भन्दा धेरै लाभग्राहीको भेलाबाट विधि संवत् रुपमा गठन गर्ने र वडा मार्फत वितरण गरिने तथा सिफारिस गर्ने अनुदानका कार्यक्रमहरुमा आवश्यकता एवं मापदण्डमारही एउटै व्यक्तिलाई नदोहोर्याई सम्बन्धित सबै नागरिकलाई अवसर प्रदान गर्ने प्रतिबद्धता सरोकारवालाहरुले गरेका छन् । वडाध्यक्ष कुलबहादुर बुचाले सेवाग्राहीले सार्वजनिक सुनुवाईएका सुझावहरुलाई कार्यान्वयन गरेर आगामी दिनमा काम गर्ने बताए । उनले सबै सेवाग्राही सूचना पुर्याउनका लागि ब्लक एस एमएस मार्फत चार सय जनालाई सामूहिक एसएमएस पठाउने गरेको भन्दै सेवाग्राहीलाई थप सूसुचित गर्न टोलटोलमा सूचना टाँस गर्ने रेडियोबाट सूचना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वडासदस्यहरु, वडा सचिव, स्वास्थ्यचौकी प्रमुख, पशु प्राविधिक, असिष्टेण्ट सव ओभरसियर, मावि लामाखाली र हुलाकका प्रतिनिधि तथा सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।