नन्द कठायत ।
सुर्खेत, २९ माघ (जागरण) । संघीय सरकारले प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापना गर्ने नीति भएपनि कर्णाली प्रदेशमा भने मेडिकल कलेज स्थापना काम नै शुरु हुन सेको छैन ।
कर्णाली प्रदेश अस्पताललाई नै मेडिकल कलेज बनाउने वा सुर्खेत मेडिकल कलेजका लागि अलग स्थानमा सञ्चालन गर्र्ने भन्ने अन्योलताका कारण काम नै शुरु हुन नसकेको हो ।
संघिय सरकारले मेडिकल कलेज स्थापना गर्न फास्ट्र ट्याकमार्फत जाने बताएको छ । तर कर्णाली प्रदेशमा त्यसको काम अहिलेसम्म हुन सकेको छैन् ।
कर्णाली प्रदेश अस्पताललाई नै शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले २०७६ साल कार्तीक २९ गते सहमति दिएको थियो । त्यसको अहिले मन्त्रीमण्डलमा पेश भएकाले के हुन्छ भन्नेबारे संघिय सरकारले जानकारी गराएको छैन् ।
वीरेन्द्रनगर वडा नम्बर ११, १२ र १३ का सामुदायिक वन क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन गरि सहमति भएको आयोजनाका प्रमुख जीतबहादुर शाहले कर्णाली रैबारसँग बताउनुभयो ।
केन्द्र सरकारले स्वकृती दिएपछि मात्र मेडिकल कलेज सञ्चालनका लागि काम अगाडि बढाउने प्रमुख शाहको भनाइ छ ।
यता, संघिय सरकारले भने कर्णालीमा मेडिकल कलेज स्थापनाका लागि छलफलका क्रंममा रहेको जनाएको छ ।
मेडिकल कलेजको स्थापनाको लागि संघयि सरकार लागि रहेको भन्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले एक वर्ष भित्र काम संचालन हुने दाबी गर्नुभयो । प्रदेश मेडिकल कलेजका सरकारले गतवर्ष छुट्याएको बजेट समेत खर्च भएको छैन ।
बजेट खर्च नहुनु र फिल्डमा पनि देखिगरी काम नभएपछि यसको गति सुस्त भएको स्वास्थ्य मन्त्री रावतको बुझाइ छ ।